
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर- ८ स्याउलेमा रहेको जयलक्ष्मी ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार (आज) संस्थाका अध्यक्ष टेक बहादुर देउवाको सभाअध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका वडा नम्बर- १ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता गोपालदत्त भट्ट प्रमुख अतिथि रहेका थिए ।

काय्रक्रममा बोल्दै वडा अध्यक्ष भट्टले जयलक्ष्मी ग्रामिण विद्युत सहकारी संस्थाले ग्रामीण भेगमा विद्युत आपूर्ति सहज गर्दै स्थानीय नागरिकको जीवनस्तर उकास्न भूमिका खुलिरहेको बताए ।
संस्था अगाडी बढाउन शेयर सदस्यको भूमीका पनि महत्वपुर्ण हुने भन्दै उनले सभामा नगरले सहयोग गर्नुपर्ने भनि उठेको मागकाबारे आफुले आफूले नगर प्रमुखसंग पहल गर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका वडा नम्बर- ८ का वडा अधयक्ष गोविन्द चौधरीले यस क्षेत्रमा जयलक्ष्मी ग्रामिण विद्युत सहकारीको भूमिकाको प्रशंशा गरे ।
उनले हावाहुरीको समयमा विद्युत आपुर्ति अवरुद्ध हुँदा संस्थाले तुरुन्त मर्मत कार्य गरी यथाशिघ्र विद्युत आपुर्ति सञ्चालन गर्ने गरेको बताए ।
२०६३ सालमा स्थापना भएको उत्त सहकारीमा हाल ६६० जना शेयर सदस्य रहेका छन् । सँस्थाले गत आर्थीक वर्ष २०८१/८२ मा ७४ लाख ५० हजार ४१५ रुपैँयाको कारोबार गरेको छ ।
जसमध्य ५ लाख २५ हजार ३७४ रुपैँया खुद नाफा रहेको छ । सभामा संस्थाका अध्यक्ष देउवाले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक श्यामसिंह रजवारले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका सह व्यवस्थापक तिर्थराज उपाध्यायको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, र उपभोक्ताहरूको उपस्थिति रहेको थियो।















