कैलाली–४ मा कांग्रेसको निर्वाचन कमाण्ड क्षेत्रीय सभापति बसन्त रोकायालाई

Image
maya metro

अत्तरिया – फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर- ४ को निर्वाचन कमाण्ड क्षेत्रीय सभापति बसन्त रोकाया (ललित)लाई दिएको छ।

अत्तरियामा आज बसेको निर्वाचन लक्षित रणनिति केन्द्रित वैठकले रोकायाको संयोजकत्वमा क्षेत्रीय मूल निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।

nisarga

निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन पार्टीका सबै तहका संरचना परिचालन गर्ने तथा उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्ने रणनीतिमा कांग्रेस अघि बढेको छ ।

वैठकमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्यहरु, क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, पालिका कार्यसमिति, वडा कार्यसमिति, भातृ तथा शुभेच्छुक र क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो ।

कैलाली क्षेत्र नम्बर- ४ मा नेपाली कांग्रेसबाट गोरख बहादुर विष्ट (आनन्द) उम्मेदवार रहेका छन् ।