
अत्तरिया – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) गोदावरी नगर कमिटीको सातौँ बैठकले ६०१ सदस्यीय नगर स्तरिय मूल परिचालन कमिटी गठन गरेको छ। आज बसेको बैठकले मूल परिचालन कमिटी गठन गरेको हो।
बैठकले एमाले सुप्र प्रदेश कमिटी सदस्य तथा गोदावरी इन्चार्ज खम्म बुढालाई संयोजक र गोदावरी नगर अध्यक्ष सन्तोष सिंहलाई सचिव बनाउने निर्णय गरेको छ।

कमिटी एमालेका उम्मेदवार जिताउन, पार्टीको निर्वाचन तयारी, संगठन सुदृढीकरण र मतदाता सम्पर्क बढाउन परिचालन हुनेछ।
बैठकमा केन्द्रिय सदस्य सन्तोष शर्मा थापा, समानुपातिक उम्मेदवार हरि शंकर योगि सहित प्रदेश, जिल्ला, नगर र वडा स्तरका नेताहरुको सहभागीता रहेको थियो।
नेकपा एमालेले कैलाली–४ मा पार्टीका उपमहासचिव लेखराज भट्टलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ।













