राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

Image
maya metro

अत्तरिया – राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी भएका छन् ।

खातीले ३ हजार ९६९ मतभार प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मतभार प्राप्त गरे ।

nisarga

यसैगरी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६७६ मतभार पाइन् । २२४ मध्ये २२० मतदाता मतदानमा सहभागी भएका थिए ।

कांग्रेसका प्रकाश देउवा, राप्रपाकी खेमादेवी बिष्ट,धनगढीका मेयर गाेपाल हमाल र जाेशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरीया मतदानमा सहभागी भएनन् ।