तालिमप्राप्त कुकुर प्रयोग गरी अत्तरिया बसपार्कमा जाँच

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा तालिमप्राप्त कुकुर प्रयोग गरी जाँच गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयसंगको सहकार्यमा अत्तरिया बसपार्कमा तालिमप्राप्त कुकुर प्रयोग गरी सधारीसाधनहरुमा जाँच गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी )रणबहादुर चन्दले बताएका छन्।

nisarga

प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर मगाई लामो तथा छोटो दूरीमा चल्ने बसहरूमा जाँच गरिएको हो।

चन्दका अनुसार फागुन २१ गते हुन लागेको चुनावलाई शान्तिपूर्ण र सुरक्षित बनाउन विस्फोटक पदार्थ,हातहतियार तथा लागूऔषध ओसारपसार रोक्ने उद्देश्यले यस्तो जाँच गरिएको हो।

अत्तरिया बसपार्क हुँदै आवतजावत गर्ने सवारी साधनलाई लक्षित गरी यो अभियान हप्तामा कम्तीमा एक दिन, जुनसुकै समयमा पनि निरन्तर सञ्चालन गरिने उनले बताए।

आज गरिएको जाँचमा एक दर्जनभन्दा बढी सवारी साधन चेकजाँच गरिएको भए पनि कुनै पनि विस्फोटक पदार्थ वा लागूऔषधजन्य सामग्री फेला नपरेको डीएसपी चन्दले जानकारी दिए।

चुनाव नजिकिँदै जाँदा सुरक्षा सतर्कता अझ प्रभावकारी बनाइने प्रहरीको भनाइ छ।