
बैतडी – बैतडीको पुर्चौडी नगरपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।
पुर्चौडी नगरपालिका–३ न्वादेउ पोखरा घर भई वडा नं. ४ भटनास्थित मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा गमला पार्की मृत अवस्थामा फेला परेकी हुन्।

घटनाको प्रकृतिलाई लिएर स्थानीयबासीले गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।















