सरकारी कर्मचारीलाई अब १५/१५ दिनमै तलब भुक्तानी

Image
maya metro

सरकारले अब कर्मचारीहरूलाई १५/१५ दिनमै तलब, भत्ता भुक्तानी गर्ने भएको छ । यसबारेमा अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यही वैशाख ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै १५/१५ दिनमा तलब भुक्तानीको व्यवस्था गरेका हुन् । यसअघि महिना/महिनामा तलब भुक्तानी हुँदै आएको थियो ।

nisarga

मन्त्रालयले महालेना नियक्त्रक कार्यालयलाई पत्रमा “सरकारी कर्मचारीहरूको तलबभत्ता सुविधा वितरणको कार्य महिना भुक्तान भएपछि मासिक रूपमा गर्दै आइएकोमा अब यसलाई अर्धमासिक रूपमा भुक्तानी गर्ने परिपाटी सुरुआत गर्ने सन्दर्भमा अर्धमासिक रूपमा वितरण गर्न आवश्यक व्यवस्था मिलाउन” भनेको छ ।

artha-mantralaya-patra-1776616758.jpg