कैलालीमा विश्व प्रेस स्वतन्त्रता दिवस: प्रेसमाथि हस्तक्षेप नगर्न आग्रह

Image
maya metro

धनगढी – कैलालीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ कैलाली शाखाको आयोजनामा आइतबार उक्त दिवस मनाइएको हो ।

हरेक वर्ष मे ३ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । सो अवसरमा महासंघ कैलाली शाखाले धनगढीमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो ।

nisarga

महासंघको कार्यालयबाट सुरु भएको प्रभातफेरी पार्कमोडमा पुगेर समापन गरिएको थियो । समापन कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्ला दिनमा नेपाली प्रेस उकुसमुकुस अवस्थामा रहेको उल्लेख गर्दै प्रेसमाथि कुनै पनि पक्षबाट अंकुश लगाउन नहुने बताएका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार मनमोहन स्वार, इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशी, राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश अधिकृत विदेशराम चौधरी, महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायर तथा कैलाली शाखा अध्यक्ष श्रवण देउवालगायतले मन्तव्य राखेका थिए ।