स्याउले स्वास्थ्य केन्द्रमा सिकलसेल स्क्रिनिङ शिविर, ६७ जना पोजेटिभ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले वडा नम्बर-८ को स्याउले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सिकलसेल एनिमिया तथा थालासेमिया रोग निदानका लागि निशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरेको छ ।

मंगलबार (आज) नगरपालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको हो । शिविरमा ३९९ नमूना जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिएका छन् ।

nisarga

उनका अनुसार ३९९ जनामा गरिएको परिक्षणमा ६७ जनामा सिकलसेल पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएको नमूनाहरुलाई दोस्रो चरणको जाँचका लागि पठाइनेछ ।

दोस्रोपटक पनि पोजेटिभ आएमा आवश्यक औषधी उपचार सुरु गरिनेछ । त्यस्तै भोलि बेलादेविपुर स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिने बताइएको छ ।