गोदावरीमा बहु प्रकोप कृत्रिम घटना नमूना अभ्यास

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा बहु प्रकोप कृत्रिम घटना नमूना अभ्यास गरिएको छ ।

नगरपालिकाको विपद व्यवस्थापन शाखासहित सरोकारवालाहरूले विपदको न्यूनीकरण, प्रभावकारिता र सचेतनाका सम्बन्धमा प्रयोगात्मक रूपमा कृत्रिम अभ्यास गरेका थिए।

nisarga

विपद् भूकम्प र आगलागी लगायतका विपद्का घटना हुँदा अपनाउनुपर्ने सुरक्षा सतर्कता र उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो।

कार्यालयमा आएका सेवाग्राही, सरोकारवाला तथा सर्वसाधारणलाई विपद् जुनसुकै बेला आउन सक्ने भएका कारण यसको सचेतना, सुरक्षा तथा नियन्त्रणका सम्बन्धमा कृत्रिम घटना अभ्यास गराइएको थियो।

विपद् प्रतिकार्य पूर्वतयारी र जनचेतना अभिवृद्धिका लागि प्रहरी, सेना, सशस्त्र प्रहरी, रेडक्रस लगायतको समन्वयमा आयोजित कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय तथा सरोकारवाला संघ संस्थाहरू, विद्यार्थीहरु तथा सेवाग्राहीहरूको सहभागितामा उक्त कृत्रिम घटना अभ्यास गरिएको हो ।

आगलागी, बाढीपहिरो लगायतका विपद्पछिको प्राथमिक उपचारको कृत्रिम दृश्य तयार पारि कृत्रिम घटना अभ्यास गरिएको हो ।

उक्त कृत्रिम घटना अभ्यासमा सहभागी टोलीहरूले तत्काल उद्धार तथा राहत कार्यमा जुट्ने प्रक्रिया प्रदर्शन गरेका थिए।

कृत्रिम घटना अभ्यासमा विपदको समयमा घाइते व्यक्तिहरूको तत्काल खोज तथा उद्धार गर्ने, प्राथमिक उपचार गर्ने, सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यहरु गरिएको थियो ।