अत्तरिया खानेपानीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

संस्थाको प्रांगणमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

nisarga

खानेपानीको नयाँ नेतृत्वको लागि तीनजना अध्यक्षका उम्मेदवार प्यानलसहित प्रतिस्पर्धामा रहेका छन् ।

संस्थामा ५ हजार ७४२ जना उपभोक्ता मतदाता रहेका छन् ।

बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ ।