
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
संस्थाको नयाँ नेतृत्व चयनका लागि शनीबार भएको मतदानको अन्तिम मतपरिणाम आज बिहान सार्वजनिक भएको हो । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा राजेन्द्र बहादुर खड्का विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि खड्का प्यानलकै लक्ष्मण बहादुर कठायत र महासचिवमा धर्मसिंह कुँवर विजयी भएका छन् ।
कोषाध्यक्ष पदमा पनि खड्का प्यानलका भोज बहादुर साउद विजयी भएका छन् भने सचिवमा पनि सोहि प्यानलका छविन्द्र नाथ योगी विजयी भएका छन् ।
सदस्यहरुमा खड्का प्यानलबाट रमेश कडायत, चन्द्रा कुमारी कठायत, जमुना देवी साउद, खिमा देवी ओझा र राधा विष्ट कुँवर विजयी भएका छन् भने धर्मराज भट्ट हर्क बहादुर शाह प्यानलबाट विजयी भएका हुन् ।















