
डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिका–१ बन्तालका १६ वर्षीय अनिल विकको करेन्ट लागेर मृत्यु भएको छ।
शुक्रबार बेलुकी आफ्नै घरको सुत्ने कोठामा मोबाइल चार्जमा लगाएर चलाइरहेका बेला उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्दा उनलाई मृत घोषणा गरेको जनाइएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।














