रास्वपा गोदावरीको नगर अधिवेशन: खुला सत्र समापन, केही बेरमा बन्द सत्र सुरु हुने

Image
maya metro

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलालीको गोदावरी नगर समितिको प्रथम अधिवेशन सुरु भएको छ ।

अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा केही बेरअघि सुरु भएको नगर अधिवेशनको खुला सत्र सकिएको छ ।

nisarga

नगर उपसभापति रामचन्द्र सापकोटाको सभाअध्यता तथा केन्द्रिय संगठन विभाग सदस्य कविन्द्र ठकुल्लाको प्रमुख आतिथ्यतामा खुला सत्र सम्पन्न भएको हो ।

नगर कमिटि सदस्य लोकेन्द्र धामीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको संचालन युवराज चापागाईंले गरेका थिए ।

केहिबेरमा सुरु हुने बन्दसत्रले नयाँ नगर समिति चयन गर्ने छ ।

समिति चयनको प्रक्रिया पूरा गर्न भूपेश महराको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिती गठन गरिएको छ ।