डिजिटल लत नियन्त्रण तथा लागूऔषध प्रतिरोधात्मक सचेतना कार्यक्रम शैलेश्वरी माविबाट सुरु

Image
maya metro

अत्तरिया – डिजिटल लत नियन्त्रण तथा लागूऔषध प्रतिरोधात्मक सचेतना कार्यक्रम कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-६ स्थित शैलेश्वरी मावि बडेहाबाट सुरु भएको छ ।

जिल्ला युवा सशत्तीकरण समिति कैलालीको सहजिकरणमा सामाजिक विकास कार्यालय कैलालीले आयोजना गरेको कार्यक्रमको कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले उद्धघाटन गरेकी हुन् ।

nisarga

उद्धघाटन कार्यक्रममा बोल्दै जोशीले बालबालिका भविष्यका कर्णाधार भएकोले उनीहरुलाई सकरात्मक बाटोमो डोर्याउनु राज्यको दायित्व भएको बताइन् ।

उनले किशोरावस्थामा मानिस जिज्ञासु स्वभावको हुने भएकोले गलत बाटोमा नलागुन भनेर यो बेलामा परिवार, समाज र राज्यले उनीहरुमाथि उचित निगरानी राख्नुपर्ने बताइन् ।

त्यस्तै सामाजिक विकास कार्यालय कैलालीका प्रमुख कुलराज सोतीले अहिले प्रविधिको युग भएकोले सचेत भएर प्रविधिको प्रयोग गर्नुपर्ने बताए । उनले मोबाइल लगायतका डिभाइसहरुमा सकरात्मक कुराहरु खोजी गर्नुपर्ने भन्दै नराम्रो लतबाट टाढै रहनुपर्ने बताए ।

सोतीले गोदावरीका सामुदायिक विद्यालयहरुमा अध्ययनरत करिब ४ हजार विद्यार्थीलाई डिजिटल लत नियन्त्रण तथा लागूऔषध प्रतिरोधात्मक सचेतना प्रदान गर्ने लक्ष्य रहेको बताएका छन् ।

कार्यक्रममा आफ्नो भनाई राख्दै जिल्ला युवा सशत्तीकरण समिति कैलालीका अध्यक्ष सन्तोष सिंहले पछिल्लो समय लागूऔषध विकराल समस्याको रुपमा देखा परेको बताएका छन् ।

उनले भविष्यका कर्णाधार किशोरकिशोरीहरुलाई लागूऔषध प्रतिरोधात्मक सचेतना अति अवश्यक रहेको बताए ।

तीनै तहका सरकारले यसबारेमा गम्भीर बन्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा अस्थाई प्रहरी बिट बडेहाँका इन्चार्ज मनोहर भट्टले डिजिटल लत नियन्त्रण तथा लागूऔषध प्रतिरोधात्मक सचेतनाबारे कक्षा ९ र १० मा अध्ययनरत करिब एक सय किशोरकिशोरीहरुलाई प्रशिक्षण गरेका थिए ।