कञ्चनपुरबाट ३ जना फरार प्रतिबादी पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरबाट ३ जना फरार प्रतिबादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नकवजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र १२ हजार ५ सय जरिवाना तोकिएको भीमदत्त नगरपालिका–१८ बागवाणी बस्ने २८ वर्षीय रोशन दमाई, लागूऔषध खैरो हेरोइन मुद्दामा २० दिन कैद सजाय तोकिएको कृष्णपुरनगरपालिका–२ वाणी बस्ने २४ वर्षीय चन्द्रबहादुर चन्द र सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएको बेदकोट नगरपालिका–२ दैजी बस्ने ४६ वर्षीय रमेशबहादुर बोहरा रहेका छन्।

nisarga

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।