
अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नेतृत्व चयनका असार २८ गते निर्वाचन हुँदै छ । विभिन्न समूह आ–आफ्ना उम्मेदवार छनोट तथा प्यानल निर्माणमा जुटेका छन् । यद्यपि हालसम्म कुनै पनि समूहले आधिकारिक रूपमा आफ्नो उम्मेदवार वा प्यानल घोषणा गरेको छैनन् ।
निर्वाचनलाई लक्षित गर्दै अत्तरियाका व्यवसायी तथा संघका पूर्व कोषाध्यक्ष हेमराज भण्डारीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

लामो समयदेखि व्यवसायिक क्षेत्रमा सक्रिय रहेका भण्डारीले अत्तरिया क्षेत्रको व्यापार, उद्योग तथा व्यवसाय प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी रहने बताएका छन् ।
उनले व्यवसायीहरूको हकहित संरक्षण, साना तथा मझौला व्यवसायीका समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण र संघलाई अझ प्रभावकारी संस्थाका रूपमा विकास गर्ने आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गरेका छन् ।
भण्डारीले सबै व्यवसायीलाई समेटेर साझा नेतृत्वमार्फत संघलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा व्यवसायीहरूको साथ र विश्वास प्राप्त हुने अपेक्षा गरेका छन् ।
यसअघि अत्तरिया उद्योग वाणिज्य संघको कोषाध्यक्षको जिम्मेवारीमा रही संस्थाका त्रुटीहरुबारे स्वष्ट धारणा राख्दै आएका भण्डारी संस्थागत गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।














