कञ्चनपुरबाट ६ लाखको अवैध सामान बरामद

Image
फाइल फोटो
maya metro

कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले ६ लाखको अवैध सामान बरामद गरेको छ।

भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका ६ लाख ५ हजार १६८ रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

nisarga

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका वडा प्रहरी कार्यालय महेन्द्रनगर, अस्थायी प्रहरी पोस्ट बसाहा, अस्थायी प्रहरी बिट कलुवापुर र अस्थायी प्रहरी बिट सुकासालबाट खटिएको प्रहरी टोलीले साउन ५ र ६ गते (मंगलवार र बुधवार) जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका अवैध सामान फेला पारेको हो।

भन्सार छली गरी ल्याएका मोबाइल कभर, मोबाइल ग्लास, जुत्ता, चप्पल, लेहेंगा, साडी, बिडी, सुर्ती, चकलेट, चिनी, मिस्री, दाल तथा विभिन्न किराना सामग्री रहेका छन्। प्रहरीका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।