जालपादेवी केबुलकारले माग्यो २८ जना कर्मचारी

Image
maya metro

अत्तरिया – कैलालीको जालपादेवी केबुलकारले २८ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

चिसापानीदेखि राजकाडाँ सम्म केबुलकार सञ्चालनको तयारी गरेको जालपादेवीले रेष्टुुरेन्ट म्यानेजरसहितका कर्मचारी मागेको हो ।

nisarga

रेष्टुरेष्टका लागि सुपरभाइजर, क्यापटन,क्यासिअर,बार ट्रेन्डर २-२ जना, ६ जना वेटरको माग गरिएको छ । यस्तै, किचेनका लागि एक जना हेडचिफ, एक जना सहायक चिफ, तीन जना पार्टी चिफ, दुई जना सहायक चिफ, छ जना सहयोगी माग गरिएको छ ।

आवेदन चिसापानीस्थित जालपादेवी केबुलकारको कार्यालयमा दिन सकिने बताइएको छ । तीव्र गतिमा निर्माणको काम भइरहेको जालपादेवी केबुलकारको अगामी दशैँमा उद्घाटन गर्ने तयारी रहेको छ ।