गोदावरी नगरपालिकाका नगर प्रमुख र उप प्रमुखको कार्यकक्षमा लगाइएको ताला तोडियो

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाइएको ताला तोडिएको छ। प्रशासनको सहयोगमा तालाबन्दी खोलिएको हो ।

बुधवार छाडा गाई गोरु व्यवस्थापनको माग गर्दै नगरपालिका पुगेका स्थानीयले लगाएको ताल बिहीबार ताडेर नगरप्रमुख वीरेन्द्र भट्टले छलफलका लागि आह्वान गरेका हुन ।

nisarga

उनले एक भिडियो सन्देश मार्फत शुक्रवार बिहान ११ बजे छलफलका लागि नगरपालिकामा आउन आह्वान गरेका छन् ।

उनले बुधवार पनि आफू काठमाण्डौं भएकाले भेट्न नसकेको बताउँदै शुक्रवारको समय दिँदा दिनै पनि तालाबन्दी गरिनु गलत भएको बताए ।

बुधवार छाडा चौपाया व्यवस्थापनको माग सहित नगरपालिका पुगेका स्थानीयले नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

उनीहरूले बुधवार नै नगरप्रमुख काठमाण्डौंबाट आइसके पनि आफूहरूलाई भेट्न आनाकानी गरेको भन्दै तालाबन्दी गरेका थिए।

नगरपालिकाले स्थानीयले गरेको तालाबन्दी भने बिहीबार प्रशासनको सहयोगमा तोडेको जनाएको छ ।

तालाबन्दी गर्ने स्थानीयले भने जबरजस्ती ताला तोडिएकोमा आपत्ति जनाएका छन् ।

नगर प्रमुखले भोलि बिहान ११ बजे बोलाएको छलफलमा भने सहभागी हुने स्थानीय विराज विष्टले बताएका छन् ।