
काठमाण्डौं – नेपालमा एकैदिन २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको तुलनामा दोब्बर हो । सोमबार १४४६ थियो। थोरै संख्यामा परीक्षण बढाउँदा संक्रमितको संख्या झण्डै दोब्बर भएको हो। पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनाको नमुना परिक्षण गरिएकोमध्ये २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशभर संक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ रहेको छ । पछिल्लो केहि दिनयत दैनिक कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ।















