अत्तरियामा पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरियो

Image
maya metro

अत्तरिया – अत्तरियामा ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अत्तरिया चोकमा राखेको पृथ्वीनारायण शाहको फोटोमा स्थानीय तथा पार्टी सम्बद्ध व्यक्तिहरुले माल्यार्पण गरेका हुन ।

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै माल्यापर्णमा सहभागिहरुले पृथ्वीनारायण शाहको योगदान मेटाउन नसकिने बताएका थिए । कार्यक्रममा स्वफुर्त रुपमा बोल्ने बक्ताहरुले पृथ्वीनारायण शाह नै नेपाल निर्माता भएको बताएका थिए ।

nisarga