
अत्तरिया – आइतबार सुदूरपश्चिम प्रदेशमा १८४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा १ हजार ४८७ जनाको परीक्षण गरिएको १८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार ७ जनाको पीसीआरमार्फत र १७७ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७२, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ९२, जुलाघाटबाट फर्केका ७ जना र दार्चुलाको जोलजिवी नाकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिमका नाका भएर आज एक हजार ६९७ नेपाली स्वदेश फर्केका छन्। भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ।
यसैबिच पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तडछेडेदह – २ का ५२ बर्षिय पुरुष रहेका छन । यो संगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ सय १६ पुगेको छ ।














