
डडेल्धुरा – जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कोरोना रोकथाम नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नयाँ आदेश जारी गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले एक आदेश जारी गर्दै सोमबार राती १२ बजे देखि लागु हुने गरी नयाँ आदेश जारी गरेको हो ।
आदेशमा नाँचघर, क्लब, हेल्थ क्लब, जिम खाना, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै कार्यक्रम माघ मसान्त सम्म संचालन नगर्ने भनिएको छ ।
त्यस्तै विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप पनि माघ मसान्त सम्म संचालन नगर्न आदेशमा उल्लेख गरिएको छ ।

विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षालगायतका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गर्ने नेपाल सकारकारको पुस ३० गतेको आदेश बमोजिम गर्न प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
















