आगामी तीन दिनसम्म मौसम सफा रहने

Image
maya metro

काठमाडौँ – आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ।

उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

nisarga

सोमबार पनि मौसम सफा रहने महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ।

रासस