कञ्चनपुरमा आगलागीबाट उखुबालीमा क्षति

Image
maya metro

कञ्चनपुर – बेलडाँडी गाउँपालिका–३ का किसान नारायण चौधरीको काट्नका लागि तयारी अवस्थामा रहेको उखुबालीमा हिजो अचानक आगलागी हुँदा लाखौँको क्षति भएको छ। दिउँसो करिब ३ बजेको समयमा एक बिघा जग्गामा लगाइएको उखुबालीमा आगलागी भएको हो। आगलागी हुँदा दुई लाखभन्दा बढीको क्षति भएको पीडित चौधरीले बताए।

आगलागीका कारण भने खुल्न सकेको छैन। उखुबारीमा आगोको मुस्लो उठ्न थालेपछि स्थानीय बासिन्दाको निकै प्रयासपछि आगो निभाइएको थियो। “उखु काट्नका लागि योजना बनाउँदै थियौँ”, चौधरीले भने, “आगलागी हुँदा वर्षभरिको मेहेनत खेर गएको छ। आगलागीले उखुका बोट पूरै सुकेका छन्।”

nisarga

रासस