मतदानपछी प्रधानमन्त्रीले सोधे: केपीजीले पनि मतदान गर्नुभयो होला नी?

Image
maya metro

डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन हुँदैन भनेर हल्ला फिजाइए पनी आज देशभर निर्वाचन भइरहेको बताएका छन् । ।

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार गरेपछी सञ्चारकर्मीसंग प्रतिक्रिया दिँदै देउवाले निर्वाचन हुँदैन भनेर हल्ला फिजाइए पनी आज देशभर निर्वाचन भइरहेको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने, ‘‘चुनाव हुँदैन, गराउँदैन भन्थे, आज मतदान त भइरहेको छ, केपीजीले पनि मतदान गर्नुभयो होला नि ?’’

nisarga

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले निर्वाचन प्रचार प्रसारको क्रममा देउवा नेतृत्वको सरकारले चुनावै गराउँदैन भनी व्यक्त गरेका विचारप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाको यस्तो भनाइ आएको हो ।