हेलिकोप्टरबाट बीउ छर्ने र हेलिकोप्टरबाटै सिँचाइको व्यवस्था मिलाउने बताएका ठकुराठीलाई ४ मत

Image
maya metro

डडेल्धुरा – स्वतन्त्रतर्फ वडाध्यक्षको उम्मेदवारी दिएका डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ का खडक ठकुराठीले हालसम्म ४ मात्रै मत पाएका छन्।

उम्मेदवारी दर्ता गराउनु अघि उनले चुनावी घोषणा पत्रमा उनले हेलिकोप्टरबाट बीउ छर्ने र हेलिकोप्टरबाटै सिँचाइको व्यवस्था मिलाउने बताएका थिए।

nisarga

ठकुराठीले नागरिकलाई ३६५ दिननै दसैँ मनाउने व्यवस्था गर्नेदेखि महाकाली नदीमा नेपाली झण्डावाहक पानी जहाज चलाउने चुनावी एजेण्डा बोकेका थिए।

उनको चुनावी घोषणापत्र सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।