
डडेल्धुरा – नवदुर्गा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी विजयी भएका हुन् ।
अवस्थीले २८७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजवादीका कबिन्द्र बिष्टले २६०६ मत प्राप्त गरे ।

उपाध्यक्षमा समाजवादी पार्टीकै उम्मेदवार चन्द्रदेवी रुपाली बोगटीसँग पराजित भएकी छिन् । बोगटीले ३२०८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रुपालीले २३२६ मत मात्रै प्राप्त गरेकी छिन् ।












