डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २८ वर्षीय जोशी निर्वाचित

Image
maya metro

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भरत बडायर जोशी निर्वाचित भएका छन्।

उनी ५९४१ मतका साथ विजयी भएका हुन्।

nisarga

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंक माल डायमण्डले ५८०५ मत ल्याए भने एमालेका केशव बोहराले २६०६ मत प्राप्त गरे।

उपप्रमुखमा माओवादीकी विमला महता विजयी भइन्। उनले ५८८५ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कलावती बोहराले ४५९३ मत ल्याइन्।

एमालेकि गोमती पन्तले ३२९६ मत पाइन्।