डडेल्धुराबाट आरजु समानुपातिकतर्फ सर्वसम्मत सिफारिश

Image
maya metro

डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुराले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभामा महिलातर्फबाट कांग्रेसकी केन्द्रीय सदस्य एवं देउवापत्नी डा आरजु राणा देउवाको नाम समानुपातिकका लागि सर्वसम्मत सिफारिश गरेको छ।

कांग्रेसको शुक्रबार बसेको जिल्ला समिति बैठकले देउवाको नाम सर्वसम्मत सिफारिश गरेको हो।

nisarga

डडेल्धुरा  प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो।

प्रदेशसभामा पनि कांग्रेसले एकल नाम सिफारिश गरेको छ। प्रदेशसभा ‘क’ मा कांग्रेस पार्टीका जिल्ला सभापति भीमबहादुर साउँद र ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्द बोहराको एकल नाम सिफारिश गरिएको कार्यवाहक सभापति डिल्लीराज जोशीले जानकारी दिए।

बैठकले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णयसमेत गरेको छ।