
कञ्चनपुर – सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकी सीमावर्ती क्षेत्रमा भन्सार छली नेपाल ल्याइएका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट खटिएको मोबाइल गस्ती टोलीले भारतीय नम्बर प्लेटको स्कुटरसहित किराना सामान बरामद गरेको हो ।

भन्सार मूल्य ६६ हजार ८ सय ७० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामानलाई कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा मुद्दा नम्बर २८३ अन्तर्गत दाखिला गरिएको छ ।
यस्तै, सोही दिन सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले भारतीय नम्बर प्लेटको एक थान स्कुटर र कपडा समेत बरामद गरेको छ । उक्त सामानको भन्सार मूल्य करिब १ लाख ७० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद स्कुटर तथा कपडा आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय पठाएको जनाएको छ ।















