कञ्चनपुरबाट १६ लाख ८७ हजारको पटाका बरामद

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरबाट १६ लाख ८७ हजारको अवैध पटाका बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वेदकोट नगरपालिका–७ गाउजीबाट १६ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको अवैध पटाका बरामद गरेको जनाएको छ।

nisarga

मंगलवार प्रहरी निरीक्षक विक्रमबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले वेदकोट नगरपालिका–७ गाउजीस्थित लुकाई–छिपाई राखिएको अवस्थामा विभिन्न प्रकारका अवैध पटाका फेला पारेको बताएको छ।

बरामद गरिएका पटाका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याई थप आवश्यक अनुसन्धान भइरहेको कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।