डडेल्धुरा कारागारबाट तीन जना कैदीबन्दी रिहा

Image
maya metro

डडेल्धुरा – गणतन्त्र दिवसको अवसरमा डडेल्धुरा कारागारबाट तीन जना कैदीबन्दी रिहा भएका छन्। दुई पुरुष र एक महिला कैदीबन्दी रिहा भएका हुन्।

मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने निर्णयपछि उनीहरू रिहा भएका हुन्।

nisarga

कर्तव्य ज्यान मुद्दाका एक महिला, सवारी ज्यान मुद्दाका एक पुरुष र डाका चोरी मुद्दाका एक पुरुषलाई रिहा गरिएको कारागारका जेलेर जितेन्द्र ओझाले बताए।