डोटीमा घर भत्किदा एक जनाको मृत्यु

Image
maya metro

अत्तरिया – डोटीमा घर भत्किदा एक जनाको मृत्यु भएको छ। घर भत्किएर च्यापिदा जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ गैराकी ३० वर्षीय गङ्गा मलासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

शनिवार राति चार कोठा भएको एक तले घर भत्किदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको हो । राति नै जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले स्थानीय समेतको सहयोगमा बिहान ५ बजे मलासीको शव निकालेको थियो ।

nisarga

घरमाथी माटो राखीएका कारण बढी भार भई घर भत्किन पुगेको प्रारम्भीक अनुसन्धानमा देखीएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको सहितको  टोली घटनास्थलमा खटीएको र  घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।