स्थानीय र प्रदेश सरकारलाई स्वास्थ्य मन्त्रालयका सचिवको आग्रह : स्वास्थ्यकर्मी सुदूरपश्चिम आउनै मान्दैनन् यहाँहरुले पनि केहि सहुलियत दिनुस्

Image
maya metro

अत्तरिया – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले स्वास्थ्यकर्मीले सुदूरपश्चिम आउनै नमान्दा समस्या हुने गरेको बताएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतसंगै कैलालीको गेटामा अवस्थित शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा गेटा अस्पतालको अनुगमनका क्रममा आफ्नो भनाई राख्दै सचिव पोखरेलले स्वास्थ्यकर्मीले सुदूरपश्चिम आउनै नमान्दा समस्या हुने गरेको बताएका हुन् ।

nisarga

कर्णालीमा प्रदेश र स्थानीय सरकारले समेत सेवा सुविधा प्रदान गर्ने गरेको हुँदा त्यहाँ जान बरु स्वास्थ्यकर्मी ईच्छुक हुने उनको भनाई थियो ।

“कणार्लीमा प्रदेश र स्थानीय स्तरबाट पाउने जुन भत्ता र सहुलियत जुन छ त्यो सुदूरपश्चिमकोभन्दा राम्रो छ, उनले भने त्यहि भएर यो अस्पताल सञ्चालनकोलागि प्रदेश सरकार र स्थानीय सरकार जो आवद्ध हुनुहुन्छ,तपाईँहरुले यहाँ आउने कर्मचारीहरुलाई के व्यवस्थापन गर्न सक्नुहुन्छ,त्यो महत्वपुर्ण हुन्छ ।”

सेवा सुविधाअनुसार यहाँ आउनेको संख्या बढेर जाने र भोलीका दिनमा यहिँ स्वास्थ्यकर्मी उत्पादन गरेर व्यवस्थापन गर्न सकिने उनले बताए ।