धनगढी–११ र १२ मा गरिएको क्यान्सर शिविरबाट ४७२ जना लाभान्वित

Image
maya metro

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर ११ र १२ मा गरिएको क्यान्सर स्क्रिनिङ शिविरबाट ४७२ जना लाभान्वित भएका छन्।

धनगढीमा महानगरपालिका र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको समन्वयमा सञ्चालित क्यान्सर स्क्रिनिङ शिविरमा ४७२ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ। जेठ ११ गते धनगढी–११ जुगेडा र १२ गते धनगढी–११ घोड्सुवामा क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरिएको हो।

nisarga

सहरी स्वास्थ्य सेवा केन्द्र घोड्सुवामा सञ्चालन भएको निःशुल्क क्यान्सर हेल्थ क्याम्पमा २०४ महिला २२ पुरुष गरी जम्मा २२६ जनाले सेवा प्राप्त गरेका छन्। जसमा ९० जनाले भिडियो एक्सरे सेवा, ९० जनाले पाठएघरको मुखको क्यान्सरको परीक्षण सेवा प्राप्त गरेका छन्।

धनगढी–११ घोड्सुवामा लागेको शिविरमा आएका कुल सेवाग्राहीमध्ये ५ जना शंकास्पदलाई थप जाँचका लागि रेफर गरिएको छ। त्यस्तै धनगढी–१२ स्थित नवदुर्गा आधारभूत विद्यालय जुगेडा ‘बी’ गाउँमा सञ्चालन भएको निःशुल्क क्यान्सर हेल्थ क्याम्पमा २३८ महिला ३० पुरुष गरी कुल २६८ जनाले सेवा प्राप्त गरेका छन्।

जसमा ७८ जनाले भिडियो एक्सरे सेवा, ८३ जनाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन्। जुगेडाका कुल सेवाग्राहीमध्ये ६ जना शंकास्पदलाइ थप जाँचका लागी रेफर गरिएको छ। दुई दिन चलेको शिविरमा क्यान्सरका ११ जना शंकास्पदलाई थप जाँचका लागि रेफर गरिएको उपमहानगरपालिकाले जनाएको छ।