
अत्तरिया – धनगढीमा पहलमानसिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव २०८२ सुरु भएको छ।
महोत्सवको शनीबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्धघाटन गरेका छन् ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबारदेखि दुईदिने दोस्रो प्रादेशिक कविता महोत्सव सुरु भएको हो।
सम्मेलनमा नेपाल र भारतका विशिष्ट साहित्यकारहरूको सहभागिता रहेको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीले बताएका छन् ।















