सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

Image
maya metro

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्। सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरुष छन्।

त्रिनगर नाकामा तीनजना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितहरू कञ्चनपुर, अछाम र बझाङका रहेको जोशीले जानकारी दिए।

nisarga

उनले भने‚ “शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँचजनामा कोभिड पुष्टि भएको छ,सङ्क्रमितहरूलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ ।” यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीनजनामा सङ्क्रमण देखिएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने सम्भव्यतालाई मद्देनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ।