
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित लामीताल परिसरमा खाल्डोमा फसेको गाईको उद्धार गरिएको छ ।
लामीतालमा खाल्डोमा फसेको गाईको एल आर ओझा र दुर्गा पोखरेलको सहकार्यमा गोदावरी नगरपालिकाको पशु सेवा शाखाले उद्धार गरेकोे हो ।

शरिरमा घाउ चोटसहित खुट्टा भाँचिएको अवस्थामा रहेको गाईलाई उद्धार गरि वडा नम्बर ५ गेटास्थित होल्डिङ सेन्टरमा लगिएको छ ।
गस्तीमा आएको नेपाली सेनाको टोलीले लामीताल नजिक खाल्डोमा फसेको गाई देखेपछि ओझालाई खबर गरेको थियो ।
















