धनगढीमा बालिका अपहरण गर्न खोजेको आरोपमा एकजना पक्राउ

Image
maya metro

अत्तरिया – धनगढीमा बालिका अपहरण गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।

धनगढी– १३ हिमाली टोलमा १० वर्षीया बालिकालाई घरमै पुगेर अपहरण गर्न खोजेको भन्दै एक पुरुषलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर शुक्रबार प्रहरीलाई बुझाएका हुन् ।

nisarga

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी– ११ बेलीका रामचन्द्र जोशी पक्राउ परेका हुन् ।

‘जोशीको मानसिक अवस्था कमजोर रहेको देखिएको छ,’ डीएसपी सिंहले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’