
अत्तरिया – कैलालीको गोदावरीबाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोदावरी नगारपालिका वडा नम्बर- ८ स्थित स्याउलेका रजमान चौधरीका छोरा २६ वर्षीय राज कुमार चौधरी रहेका छन् ।

बिहिबार मध्यराती चौधरीको साथबाट इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोली र, अस्थाइ प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरी टोलीले लोड गरेको भरुवा बनदुक नाल–१ बरामद गरेको हो ।
बुवाछोरा दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















