राजधानी सार्न खोजिएको विषयमा छलफल गर्न अत्तरियामा अन्तरक्रिया

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीबाट सार्न खोजेको विषय बाहिरिएपछि अत्तरियामा अन्तरक्रिया गरिएको छ ।

सोमबार स्वतन्त्र नागरिक अभियानले अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा अन्तरक्रिया गरेको हो ।

nisarga

अन्तरक्रियामा कैलाली क्षेत्र नम्बर ४ बाट प्रदेश सभामा नेतृत्व गर्ने चार जना सांसद, सबै राजनितिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायत नागरिक समाजको उपस्थिति रहेको थियो ।

भेलामा बोल्ने सबैले राजधानी गोदावरीमा नै उपयुक्त भएको र सार्न खोजे जुनसुकै तहको संघर्ष गर्न तयार रहेको बताएका छन् ।