
अत्तरिया – भारतीय प्रहरीले नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाएको छ।
गौरीफण्टा नाकामा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई भारततर्फ जान नदिएको हो।

भारतीय नागरिक तथा रासन कार्ड भएका व्यक्तिलाई भने प्रवेश दिइएको छ।
नेपाल फर्किनेहरूलाई कडा चेकजाँचपछि मात्र भित्रिन अनुमति दिइएको छ।















