
धनगढीको गुरुद्वारा मार्गमा करिब १० करोड रुपैयाँको लगानीमा नेचुरा रिसोर्ट संचालनमा आएको छ।
शुक्रबार आयोजित एक विशेष समारोहका बिच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले रिबन काटी रिसोर्टको औपचारिक उद्घाटन गरेका हुन्।

बिमा व्यवसायी मदन भट्टले निर्माण गरेका उक्त रिसोर्टमा १५ वटा आधुनिक सुविधा सम्पन्न कोठा, दुईवटा आकर्षक हल, र सौन्दर्यपूर्ण गार्डेन रहेको छ।
रिसोर्टको सजावट मनमोहक र आकर्षक शैलीमा गरिएको छ, जसले स्थानीय पर्यटनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।















