बालमैत्री नगरका लागि स्थानीय समिति गठन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यअनुरुप स्थानीय समिति गठन गरिएको छ ।

नगरपालिकाको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बुधबार वडा नम्बर १ मा एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर १ का वडा अध्यक्ष गोपालदत्त भट्टको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।

nisarga

नगरपालिकाका १२ वटै वडामा क्रमस स्थानीय समिति गठन गरिने महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामीले बताइन् । स्थानीय समितिका पदाधिकारीलाई शाखा प्रमुख अभिमूखीकरण पनि गरेकी थिइन् ।

उनले बालमैत्री अवधारणा, बालमैत्री नगरपालिका घोषणाका लागि चाहिने सूचक, अहिले सम्मको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामबारे प्रस्तुतीकरण पनि गरेकी थिइन् ।

कार्यक्रममा आफ्नो भनाई राख्दै वडा नम्बर १ का अध्यक्ष भट्टले बालमैत्री नगर घोषणा गर्न सबैको सहयोग आवश्यक भएको बताए ।

उनले नगरको यो महत्वपूर्ण अभियानलाई सबै मिलेर सफल पार्नुपर्ने बताए । बालबालिकामा लगानी गरे देशले योग्य नागरिक पाउने भट्टको भनाई थियो ।