बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
maya metro

बैतडी – बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका –८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर आइतबार बिहान करिब १० बजे सानीगाड खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी सिगास गाउँपालिका –८ लुपुणका २५ वर्षीय लोकेन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

nisarga

ट्याक्टर चालक भने फरार रहेको र उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याक्टरमा चालकसहित दुई जना मात्र सवार थिए । ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ ।