
अत्तरिया – कृषि सामग्री पावर टिलरमा ठगिएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ६ र ७ का किसान र सुरो नेपालकी प्रतिनिधि सोनम चौधरीबिच सहमति भएको छ।
पावर टिलरमा ठगिएका किसान बिलखबन्दमा

आज अस्थाई प्रहरी पोस्ट बडेहाँको सहजीकरणमा दुईपक्षबिच भएको छलफलमा २०८३ जेठ १० गतेभित्र रकम फिर्ता गर्ने मौखिक सहमति भएको स्थानीय पृथ्वीनारायण चौधरीले बताएका छन्।
पावर लिटर दिने भन्दै ठगिएका किसान फेरि प्रहरीमा
किसानहरुले आज सोनमलाई भित्रै थुनेर ताला लगाएर चाबी बडेहाँ प्रहरी पोस्टलाई बुझाएका थिए ।
पावर टिलरमा ठगिएका गोदावरीका किसानले लगाए सोनमको घरमा ताला
दुवैपक्षलाई छलफलका लागि बोलाउँदै अस्थाई प्रहरी पोस्ट बडेहाँले सोनमको घरमा लगाइएको ताला खोलेको थियो ।
सोनमको घरमा लगाएको ताला प्रहरीले खोल्यो















