भारी असिनाले बैतडीको मेलौलीमा मकैबालीमा क्षति

Image
maya metro

बैतडी – बैतडीको मेलौली क्षेत्रमा भारी असिना परेको छ । मंगलबार अपराह्न साढे ४ बजेदेखि मेलौली नगरपालिका क्षेत्रमा भारी असिना परेको हो ।

मेलौली नगरपालिकाका नगर प्रमुख भीम चन्दका अनुसार मेलौली वडा नम्बर १, ५, ६ र ७ लगायतका क्षेत्रमा भारी असिना परेको हो ।

nisarga

‘एक्कासी भारी मात्रामा असिना वर्षिएको हो, बालीनालीमा क्षति भएको आकलन गर्न सकिन्छ, क्षतिबारे बुझ्दैछौं,’ नगर प्रमुख चन्दले भने । हिउँ समेत नपर्ने यस क्षेत्रमा असिनाले सेताम्य बनेको चन्दले बताए ।

भारी असिना परेकाले हालसालै लगाएको मकैबालीमा क्षति पुगेको मेलौली–१ का वडा अध्यक्ष शरद नेगीले बताए । ‘हालसालै मकै छरेका थिए, पूरै सखाप छ, अब दोस्रो पटक लगाउनु पर्ने अवस्था आयो,’ अध्यक्ष नेगीले भने ।