
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको उपसभापतिमा जसु कुमारी भट्टले दावी गर्ने भएकी छन् ।
हाल पार्टीको महिला विभाग प्रदेश प्रमुख रहेकी भट्ट प्रदेश संस्थापक कोषाध्यक्ष पनि हुन् ।

त्यस्तै २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिक सांसद उम्मेदवार रहेकी थिइन ।
स्थापना कालदेखि नै पार्टीमा आवद्ध भएकोले उपसभापतिमा आफ्नो दावी स्वभाविक भएको उनको भनाइ छ।
पार्टीको असार १ गते हुने अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।















